site stats
बाह्रखरी :: Baahrakhari
देश
रूपन्देहीमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

रूपन्देही । रूपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा आज दिउँसो ठक्कर दिँदा मृत्यु भएको हो ।

Argakhachi Cement Island Ad

मृत्यु हुनेमा मोटरसाइकल चालक माधवलाल देवकोटा र तिलोत्तमा नगरपालिका–२, जानकीनगर बस्ने यादा क्षेत्री रहेका छन् ।

लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिदाँ उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्