site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजा ‘नरसंहार’लाई अन्तर्राष्ट्रिय अदालतमा लैजान्छौँ : एर्दोआन

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले आफ्नो देशले गाजामा भएको ‘नरसंहार’लाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएका छन् । उनले गाजापट्टीमा प्यालेस्टाइनीको मृत्युको संख्या धेरै भएको उल्लेख गरे ।

उनले गाजामा भएको नरसंहारलाई करिब दुई हजार वकिलमार्फत अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताए ।

गाजामा जारी द्वन्द्वमा १२ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । ३० हजारभन्दा बढी घाइते छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्