site stats
बाह्रखरी :: Baahrakhari
देश
सोलुखुम्बुको आश्रममा आगलागी हुँदा २५ लाखको क्षति
सांकेतिक तस्बिर ।

काठमाडौं । सोलुखुम्बुको एक आश्रममा शनिबार साँझ आगलागी हुँदा २५ लाखको क्षति भएको छ । 

सोलु दुधकुण्ड नगरपालिका–११, पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत् तार सर्ट भइ आगलागी भएको थियो । 

आगलागीबाट आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्