site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा दुई हजार ३०० ले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्