site stats
बाह्रखरी :: Baahrakhari
देश
अटो दुर्घटना : घाइते महिलाको उपचारका क्रममा मृत्यु
प्रतीकारात्मक तस्बिर ।

दाङ । दाङको बंलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका–५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।  

कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।

बुधबार दिउँसो १ः४० बजे बंगलाचुली – ५ स्थित गुरासेनी डाँडाबाट उनी चढेको रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो । 

घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर  पठाइएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्