site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दासँग भाइटीका लगाउने
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन् ।

राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाउने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्