site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइने
मूलपानी रंगशाला । फाइल तस्बिर।

काठमाडौं । सरकारले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय भएको जानकारी दिइन् ।

Argakhachi Cement Island Ad

बैठकमा क्रिकेट खेलाडीहरुले राम्रो प्रदर्शन गरेकाले ती रंगशालालाई राष्ट्रिय गौरवको आयोजनको रुपमा अघि बढाइने छलफल भएको उनले बताइन् ।

“अहिले क्रिकेटमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्नुभएको छ । त्यसको विषयमा गम्भीरताका साथ छलफल भयो,” उनले भनिन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्