site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१० विमान किन्न तिहारपछि टेन्डर आह्वान : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले ठूला–साना गरी थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने जानकारी दिएका हुन् ।

नेपाल वायुसेवा निगमसँग भएका तीन र नयाँ तीन विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने उनले बताए । भूकम्पलगायत अरू घटनाले नेपालमा थप राष्ट्रिय विमानको आवश्यकता पुष्टि भएको उनको भनाइ छ ।

मन्त्री किरातीले पर्यटक भित्र्याउन विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए ल्याउने अनेक उपाय रहेको उल्लेख गरे ।

उनले पर्यटकलाई आवश्यकताअनुसार होटेल सञ्चालनमा व्यवसायीलाई राज्यले सहयोग गर्ने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्