site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूकम्प पीडितलाई युनिलिभरले दियो राहत सामग्री

काठमाडौं । युनिलिभर नेपालले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितलाई राहत सामग्री दिएको छ ।

कम्पनीले मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धतास्वरूप भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक सहायता सामग्री उपलब्ध गराएको बताएको छ ।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र उपचार सामग्री, ७०० थान ब्ल्याङ्केट, २५० थान पाल र स्थानीयरूपमा खरिद गरिएका थप खाद्यान्न जाजरकोट र रुकुम पश्चिममा वितरण गरेको बताएको हो ।

कम्पनीले स्थानीय निकाय, संघसंस्था, संगठन र समुदायसँग समन्वय गरेर प्रभावकारीरूपमा राहत सामग्री वितरण गरेको बताएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्