site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलविद्युत्मा लगानी बढाउन अन्तर्राष्ट्रिय लगानीकर्तालाई राष्ट्रपति पौडेलको आह्वान 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अबको लगानी जलविद्युत्केन्द्रित हुनुपर्ने बताएका छन् । नेपालको बिजुली भारत र बंगलादेशमा निर्यात हुने भन्दै उनले यो क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी बढाउन सक्ने उल्लेख गरे ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ३७औँ क्यासी सम्मेलनमा उनले जलविद्युत्सँग आईटी र पर्यटन क्षेत्रमा पनि लगानी बढाउन आह्वान गरे ।

भारत र चीनका बीचमा नेपाल हुनु व्यापारका निम्ति अवसर भएको भन्दै राष्ट्रपति पौडेलले उद्योगमा लगानी बढाएर यसको फाइदा लिन आग्रह गरे ।

सम्मेलनमा दुई दर्जनभन्दा बढी लगानीकर्ता सहभागी छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्