site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिविर आजदेखि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिविर आजदेखि सुरु हुँदै छ । 

सिराहाको लाहानस्थित मारवाडी सेवा सदनमा आजदेखि जसपाले तीनदिने प्रशिक्षण शिविर सञ्चालन गर्न लागेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।

Argakhachi Cement Island Ad

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेता, प्रदेश समितिका सदस्य, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।

प्रशिक्षणमा बौद्धिक पेसाकर्मी महासंघ, युवा संघ, विद्यार्थी युनियन, महिला संघलगायत भ्रातृसंगठनका प्रतिनिधिहरुलाई पनि सहभागी गराइने जसपाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्