site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई तेस्रो सफलता, विवेकले लिए पहिलो विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको ओमानले १६औँ ओभरको दोस्रो बलमा तेस्रो विकेट लिएको हो ।

Argakhachi Cement Island Ad

नेपालका विवेक यादवले ओमानका कप्तान जिसान मक्सुदलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । ओमानका लागि मक्सुदले २६ रन थपे ।

जारी खेलको १६ ओभर समाप्त हुँदा ओमानले तीन विकेट गुमाएर १३८ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्