site stats
बाह्रखरी :: Baahrakhari
खेल
दीपेन्द्रको ‘कमब्याक’
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर यूएईका कप्तान मुहम्मद वसिमले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।

नेपली टिममा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पुनरागमन गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध खेल्नुअघि दीपेन्द्रको खुट्टामा चोट लागेको थियो । 

नेपाली टिम
आसिफ सेख (विकेटकिपर), अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, विवेक यादव, कुशल भुर्तेल, कुशल मल्ल र सन्दीप लामिछाने ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्