site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘कबड्डी–४’ युट्युबमा रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी–४ : द फाइनल म्याच’ युट्युबमा रिलिज गरिएको छ । मंगलबार बाँसुरी फिल्मसको अफिसियल युट्युब च्यानलबाट चलचित्र रिलिज गरिएको हो । 

रामबाबु गुरुङ निर्देशित चलचित्र नेपालमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमा हो । 

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, प्रकाश घिमिरे, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्