site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टिकेन नेप्सेको बढोत्तरी, १४ अंकले घट्यो 

काठमाडौं । नेप्से मंगलबार १४.२९ अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से ३.०४ अंकले बढेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० विन्दुमा बन्द भएको हो । यस दिन ५७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ६९ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

Argakhachi Cement Island Ad

सर्वाधिक सेयर मूल्य घट्नेमा सोनापुर मिनरल्स एन्ड आयाल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता २५५ रूरुपैयाँ २० पैसा कायम भएको छ ।

सर्वाधिक सेयर मूल्यवृद्धि महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०५ प्रतिशतले बढेर प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

यस दिन २८६ धितोपत्रका २२ लाख ५८ हजार १८७ कित्ता खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्