site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रिलायबल नेपाल लाइफद्वारा चितवनका महेश बानियाँलाई २० लाख रुपैयाँ बिमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बिमितलाई २० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । भरतपुर–३, चितवन निवासी महेश बानियाँलाई गम्भीर रोग (कलेजो प्रत्यारोपण)बापतको बिमा दाबीअन्तर्गत २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

०७८ चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखाबाट २० लाख रुपैयाँ बिमांकको जीवन बिमा खरिद गरेका बानियाँले तीन किस्ता मात्र बिमा शुल्क तिरेका थिए ।

Argakhachi Cement Island Ad

त्यसपछि सामान्य स्वास्थ्य परीक्षणका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा कलेजोसम्बन्धी समस्या देखिएपछि थप उपचारको लागि उनलाई मेडिसिटी अस्पताल, काठमाडौं लगिएको थियो । 

चिकित्सकको सल्लाहअनुसार २०८१ पुस १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो । नेपालमा अत्यन्तै खर्चिलो मानिने कलेजो प्रत्यारोपण उपचारमा झन्डै ४० लाख रुपैयाँसम्म लागत लाग्ने गर्दछ । बिमित बानियाँले समयमै बिमा कम्पनीलाई जानकारी गराएका थिए । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेपछि सम्पूर्ण कागजात पेस गरेका थिए । त्यसपछि कम्पनीले उनीसहितको दाबी प्रक्रिया सहज र छरितो रूपमा अघि बढाउँदै बिमा रकम हस्तान्तरण गरेको जनाएको छ ।

हाकिमचोक शाखामा आयोजित विशेष कार्यक्रममा शाखा प्रमुख राजकुमार दाहालले बिमित बानियाँलाई २० लाखको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै बानियाँले गम्भीर रोगको उपचारका क्रममा बिमा कम्पनीले दिएको साथ र सहयोगप्रति आभार व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्