site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट
फाइल तस्बिर।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपाललाई सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाका विरन्दीप सिंह तेस्रो विकेटका रुपमा आउट भए । सन्दीपले विरन्दीपलाई एलबीडब्लूको धरापमा पारे । विरन्दीपले मलेसियाको खातामा चार रन थपे ।

Argakhachi Cement Island Ad

जारी खेलको ११ ओभर समाप्त हुँदा मलेसियाले तीन विकेट गुमाएर ९० रन बनाएको छ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

मलेसिया भने पहिलो जितको खोजीमा छ । मलेसिया यसअघि पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्