site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङका सीडीओ भन्छन्– क्षतिको विवरण आएको छैन

काठमाडौं । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पको क्षतिको विवरण नआएको बताएका छन् । सवा ८ बजेसम्म जिल्लाका कुनै पनि पालिकाबाट मानवीय तथा भौतिक क्षतिबारे जानकारी नआएको उनले जानकारी दिए । 

“अहिलेसम्म कतैबाट पनि कुनै क्षतिको खबर आएको छैन । तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ । कमजोर भौतिक संरचनामा क्षति भएको पनि हुनसक्छ । यद्यपि, कुनै ठूलो क्षति नभएको हाम्रो अनुमान छ,” प्रमुख जिल्ला अधिकारी गैह्रेले बाह्रखरीसँग भने, “लामो समयपछि भूकम्पको ठूलै धक्का महसुस भयो । क्षति भएको छैन भन्ने हाम्रो अपेक्षा हो ।” 

धादिङमा आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प भूकम्प गएको थियो । ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको हो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्