site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआरएनएका नवनिर्वाचित अध्यक्ष केसीले गरे पदभार ग्रहण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले पदभार ग्रहण गरेका छन् । बालुवाटारस्थित केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।

नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् ।

केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा ‘आरके’ (कतार)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ (जापान)ले एक हजार २२५ मत र रविना थापा (अमेरिका)ले ४७  मत पाए ।

उपाध्यक्षमा डा. विनोद श्रेष्ठ (अष्ट्रेलिया), डा.हेमराज शर्मा (यूके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् ।

युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई (यूके) निर्वाचित भएकी छन् । महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याए ।

काठमाडौंमा भएको महाधिवेसनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्