site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा एक हजार ३०० बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ । 

छापावाल सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

त्यस्तै, तेजाबी सुन तोलामा १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्