site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
देश विकासमा गैरआवासीय नेपालीको सहयोग रहने परराष्ट्रमन्त्रीको विश्वास

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली नागरिकले नागरिकता पाएसँगै आर्थिक र सामाजिक सेवा सुविधा प्राप्त गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनको उद्घाटनसत्रमा उनले देश विकासमा संघको सहयोग रहने विश्वास व्यक्त गरे ।

महिला र युवाको सशक्तीकरणका निम्ति पनि संघले योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।

महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ । आज र भोलि तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ । नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।

अध्यक्षमा चारजनाले उमेदवारी दिएका छन् । एनआरएनएको ११औँ महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्