site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से २३.१६ अंकले घट्यो, सबै उपसमूह राताम्य 

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घटेको छ । 

सोमबार नेप्से २३.१६ अंकले घटेर १८५१.४३ को विन्दुमा पुगेको छ । २८४ घितोपत्रको ४८ लाख ३७ लाख ८९३ कित्ता सेयर एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले घटेर ३५५.७४ को विन्दुमा झरेको छ । 

सबै उपसमूहको समूहगत सूचकमा राताम्य देखिएको छ । १३ वटा उपसमूहको समूहगत सूचक पनि घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ । 

सिद्धार्थ प्रिमियर इन्सोरेन्स लिमिटेडको सेयर सर्वाधिक ७.८७ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्