site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाका पाँच जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पाँच जिल्ला समिति पुनर्गठन गरिएको छ ।

भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र इलाम जिल्ला समिति शनिबार पुनर्गठन गरिएको जसपाको प्रचार विभागले जानकारी दिएको छ ।

Argakhachi Cement Island Ad

भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलाञ्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत मोक्तान र धादिङमा ईमानसिंह तामाङको अध्यक्षतामा जिल्ला समिति रूपान्तरण गरिएको छ । यी सबै जिल्ला समिति २१ सदस्यीय छन् ।

छिकिन तामाङको अध्यक्षतामा पुनर्गठित इलाम जिल्ला समिति ३१ सदस्यीय छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्