site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्युत् विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं । विद्युत् विधेयक, २०८० लाई दफावार छलफलको लागि पूर्वाधार विकास समितिमा पठाइएको छ । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए । 

उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयकमाथि समितिमा छलफल हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्