site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा भूकम्पको धक्का 

काठमाडौं । बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए । भौतिक संरचनामा क्षति पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०५:५७
प्रतिक्रिया दिनुहोस्