site stats
बाह्रखरी :: Baahrakhari
देश
हेलम्बुमा एकैपटक १९ जना बिरामी : एक बालकको मृत्यु, १० अझै अस्पतालमा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा एकैपटक १९ जना बिरामी भएका छन् । यही असोज १६ गते साँझपख उनीहरूमा एकैसाथ वाकवाकी, बान्ता, ज्वरो र पखालाजस्ता लक्षण देखिएको हो ।

मेलम्ची अस्पतालमा उनीहरूको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि १४ जनालाई काठमाडौं ल्याइँदै थियो । तीमध्ये तीन वर्षमुनिका एक बालकको बाटोमै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

१३ मध्ये काठमाडौंमा १० जनाको उपचार जारी छ । आईसीयूमा दुई र हाइकेयरमा आठजनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १३ मध्ये तीनजना डिस्चार्ज भइसकेका छन् ।

घटनाको कारण पत्ता लगाउन बिरामीको रगत, पिसाब र खानाको नमुना परीक्षणका निम्ति पठाइएको मन्त्रालयले जनाएको छ ।

afd-1696678301.jpg

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्