site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे बैंकको लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको १४ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २५औँ वार्षिक साधारणसभाले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोगनका लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

साधारणसभा बिहीबार होटल पोखरा ग्रान्ड, पोखरामा सम्पन्न भएको हो । उक्त साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पनि पारित भएको छ ।

साथै, सभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा रु.एक अर्ब ६२ करोड ५५ लाख खुदनाफा गरेर प्रतिसेयर आम्दानी रु. १५.८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्तापूँजी रु. १० अर्ब २५ करोड तथा साधारण जगेडा कोषमा रु. दुई अर्ब ६९ करोड सञ्चित छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्