site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल बैंकको कामु सीईओमा समता पन्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा समता पन्त नियुक्त भएकी छन् ।

हाल यसै बैंककी नायव प्रमुख कार्यकारी अधिकृतसमेत रहेकी पन्त प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मका लागि कामु सीईओमा नियुक्त भएकी हुन् ।

बैंक सञ्चालक समितिको असोज १४ गतेको बैठकले असोज १५ गतेदेखि लागु हुने गरी उनलाई जिम्मेवारी दिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको चार वर्षे कार्यकाल असोज १४ गते समाप्त भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्