site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज किन बीच बाटोबाटै फर्कियो ?
प्रतिकात्मक तस्बिर

काठमाडौं । काठमाडौंबाट साउदी अरेबियाको दमामका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । पाकिस्तानको कराँची पुगेको विमान फर्किएर बुधबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

“बुधबार राति नै विमान उडेको एक घण्टापछि फर्किएर ल्यान्ड गरिसकेको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बाह्रखरीसँग भने, “टिकासमा खराबी भएपछि विमान फर्किएको हो ।” टिकास भनेको जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि हो । टिकासले काम नगरेपछि लामो दूरीमा जहाज उडाउँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले विमान फर्किएको झाको भनाइ छ । 

“प्राविधिकको टोलीले मर्मत गरेपछि मात्रै यो विमान पुनः उडान भर्न योग्य हुनेछ,” उनले भने । 
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्