site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वाधारमन्त्री नै भन्छन्– सार्वजनिक खरिद ऐन विकास निर्माणका लागि सहज छैन
फाइल तस्बिर ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकास निर्माणका लागि सहज नभएको बताएका छन् । उनले सरकारको प्रतिनिधि भएर पनि आफूले खरिद ऐनबारे आलोचना गर्नुपरेको बताए ।

बुधबार प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले आफू अर्थ समितिमा रहेका बेला खरिद ऐन संशोधनका लागि दिएको सुझाव पनि कार्यान्वयनमा आउन नसकेको बताए । 

Argakhachi Cement Island Ad

सार्वजनिक खरिद ऐन विकास निर्माणका लागि सहज नभएकाले नै आफूले उक्त ऐनको नयाँ ड्राफ्ट बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका सम्बन्धित निकायसँग छलफल गरी त्यसलाई अघि बढाउने काम गरेको उनको भनाइ छ । 

"अब यो कानुनी समस्या पनि छ । म आफैँ सरकारको एउटा प्रतिनिधि हो । म आफैँले पनि बोल्नुपरेको छ, ठाउँठाउँमा । सार्वजनिक खरिद ऐन चाहिँ वास्तवमा जो अहिले हामी त्यसबाट रुल गरिरहेका छौँ । त्यो विकास निर्माणको निम्ति सहज छैन," उनले भने ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्