site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सानिमा बैंकको दराजसँग विशेष छुट दिने सम्झौता

काठमाडौं । सानिमा बैंकले दसैँलाई लक्षित गर्दै दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सम्झौता गरेको छ ।

यस अफरमा दराजबाट सामान खरिद गरेर ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् एक हजार ५०० रुपैयाँँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस अफर असोज ३० गतेसम्म लागु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्