site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित : अर्थमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । सोमबार काठमाडौंमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

“सीमित व्यक्तिले अहिले पनि बजारमा खेल्ने गरेका छन् । सबैले बजार बुझेका हुँदैनन्,” उनले भने, “पुँजीबजारको विषयमा सबैलाई ज्ञान नहुने भएकाले चेतना फैलाउन आवश्यक छ । सूचनाको क्रान्तिले अवसर ल्याएको छ । यसको उपयोग गर्नुपर्छ ।”

बजार घट्दा लगानीकर्ता निराश भएको उनले बताए । केही दिनमै बजारलक्षित निर्णय गरिने उनको भनाइ छ ।

“बजार अहिले घट्ने गरेको छ । कतिपयको नीतिका कारणले पनि हो । बजारलक्षित केही निर्णय आउलान् भन्ने मैले आशा लिएको छु,” उनले भने ।

पछिल्लो समय ब्रोकरको संख्या बढ्दा आमलगानीकर्तालाई फाइदा भएको मन्त्री डा. महतले बताए ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्