site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यालय शिक्षा विधेयक संसद्‌मा टेबुल : सुवालको विरोधको सूचना अस्वीकृत

काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक, २०८० आइतबार संसद्‌मा पेस गरेको छ ।

संसद्‌मा पेस गर्नका लागि अनुमति माग्ने प्रस्तावविरुद्ध नेमकिपाका सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना बहुमतबाट अस्वीस्कृत भएको थियो । त्यसपछि शिक्षमन्त्री अशोक राईले संसद्‌मा विधेयक टेबुल गरेका हुन् ।

Argakhachi Cement Island Ad

अब उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएर त्यहाँबाट स्वीकृत भएपछि दफावार छलफलमा पठाइनेछ । दफावार छलफल सकाएर पारित गरिएपछि सभामुख देवराज घिमिरेले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् ।

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित गरिएपछि नयाँ ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्