site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अत्यावश्यक भनेर सामान किन्दा आर्थिक चलखेल भएको छ : सांसद तामाङ
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद तारा लामा तामाङले अत्यावश्यक भनेर सामान किन्ने तर ती सामान प्रयोग नगर्ने क्रम बढ्नु आर्थिक चलखेलको खेल भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले निर्वाचन आयोग, विभिन्न अस्पताललगायत सार्वजनिक र सरकारी संस्थाले सामान किन्ने र थन्क्याउने प्रचलन बढेको बताए । उनले आर्थिक लेनदेन हाबी हुँदा समस्या सिर्जना भएको भन्दै समितिले चासोका साथ हेर्नुपर्ने धारणा राखे ।

Argakhachi Cement Island Ad

“अति आवश्यक सामान भनेर किन्ने, चाहे त्यो निर्वाचन आयोग होस्, चाहे हस्पिटल होस्, चाहे जुनसुकै संस्थाले होस्, तर प्रयोग नगर्ने हो भने त्यो सबै आर्थिक लेनदेनको कारणले मात्रै देखिन्छ,” उनले भने, “हाम्रो समितिले यसमा बढी चासोका साथ हेर्नुपर्छ जस्तो लाग्छ ।”

समिति बैठकमा उनले गत आर्थिक वर्षमै निर्माण योजना सम्पन्न भए पनि ठेकेदारहरूले रकम भुक्तानी नभएको बताए । यसमा पनि आर्थिक चलखेल भएको आशंका गर्दै उनले त्यो रकम भुक्तानीको अवस्थामा समितिले चासोका साथ छलफल गर्नुपर्ने धारणा राखे ।

“पैसा नभए छैन भन्नुपर्यो । नभए भर्खरै उद्यमी, व्यवसायीहरुले बैंकको ऋण तिर्न सकेका छैनन्, यो आर्थिक चलखले नै हो,” उनले भने ।

साथै, उनले राष्ट्रिय गौरवको आयोजनालाई प्राथामिकता नदिएको भन्दै कसको कारणले यस्तो भइरहेको छ, पत्ता लगाएर कठघरामा उभ्याउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्