site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकोे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । 

आज सुन तोलामा एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्