site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षा विधेयकमा स्थानीय तहको विरोध

काठमाडौं । स्थानीय तहले विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संयुक्त विज्ञप्तिमार्फत सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक स्थानीय तहको अधिकारविपरीत रहेको बताएका हुन् । 

महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणबहादुर शाही र संघका महासचिव नरुलाल चौधरीले जारी गरेको विज्ञप्तिमा संघीयता र संविधानको मर्मविपरीत विधेयक आएको विधेयक मान्य नहुने चेतावनी उल्लेख छ । विधेयकले स्थानीय तहको अधिकार खोसेको उनीहरूको निष्कर्ष छ ।

"संविधान र संघीयताविपरीत विद्यालय शिक्षालाई पनः केन्द्रिकृत गर्न मनशायले स्थानीय सरकारको अधिकारमा अंकुश लगाउने गरी ल्याउन खोजिएको विद्यालय शिक्षा ऐन स्थानीय सरकारका लागि मान्य नहुने बेहोरा समयमा नै स्पष्ट गर्न चाहन्छौँ," विधेयकमा भनिएकोछ । 

आधारभूत र माध्यामिक शिक्षाबारे स्थानीय तहले नै कानून बनाएर सञ्चालन गर्ने विषयलाई ध्यान दिनुपर्ने उनीहरूको माग छ । 

sthaniya-sangh-1-1695140115.jpg

sthaniya-sangh-2-1695140115.jpg

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २२:०५
प्रतिक्रिया दिनुहोस्