site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लिबियामा बाढी : ३८ हजार ६४० विस्थापित

काठमाडौं । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना विस्थापित भएका छन् । 

बाढीले करिव ५ हजार घरमा क्षति पुर्‍याएको छ । खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ ।

प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको छ । बाढीले अहिलेसम्म ५ हजार ५०० जनाको मृत्यु भइसकेको छ । १० हजार मानिस बेपत्ता भएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्