site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकको नाम्सी पुलमा सुक्खा पहिरो, सडक अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा मंगलबार दिउँसो सुक्खा पहिरो खसेको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

अहिले कार्यालयको तैनाथ अवस्थामा राखिएको मेसिनद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

यातायात दुईतर्फी सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्