site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबार प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको हो ।

छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्