site stats
बाह्रखरी :: Baahrakhari
देश
यी स्थानमा भयो भारी वर्षा, सतर्क रहन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टा लमजुङको खुदीबजार, कास्कीको जुम्लेटी, दोलखाको लामाबगर र संखुवासभा आसपासका स्थानमा मध्यमदेखि भारी वर्षा भएको हो ।

महाशाखाले ती जिल्लाहरू भएर बहने ससाना नदीमा जलसतह बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सजग रहन भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २३:३१
प्रतिक्रिया दिनुहोस्