site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले भ्रष्टाचारमा संलग्न जोकोहीलाई पनि छोड्नुहुन्न : वर्षमान पुन
फाइल तस्बिर ।

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोहीलाई पनि छोड्न नहुने बताउका छन् ।

उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको जिकिरसमेत गरे ।

Argakhachi Cement Island Ad

पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराए ।

"निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्छ," उनले भने ।

उनले कुनैपनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्