site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोसी सरकारविरुद्धको रिट 'हेर्दाहेर्दै'मा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिट मंगलबार 'हेर्दाहेर्दै'मा रोकिएको छ ।

न्यायाधीशहरू सपनाप्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारदेखि सुरु भएको बहसमा सोमबार रिटकर्ता पक्षका वकिलले बहस गरेका थिए । मंगलबार प्रतिवादी प्रदेश सरकारका तर्फका वकिलहरूले बहस गरे ।

प्रतिवादीतर्फका वकिलको बहस नसकिएपछि 'हेर्दाहेर्दै'मा बिहीबारको पेसी तोकिएको छ । कोसी सरकारविरुद्धको मुद्दा यही पूर्ण इजलासबाट टुंगो लाग्ने छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्