site stats
बाह्रखरी :: Baahrakhari
कला
शाहरूखको सिनेमा ‘जवान’को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको प्रतिक्षित सिनेमा ‘जवान’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा शाहरूखको एक्सन दृश्यले प्राथमिकता पाएको छ । सिनेमामा प्रहरी जवानले गरेको संघर्ष चित्रित छ । शाहरूख डबल रोलमा देखिएका छन् । 

शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको मुख्य अभिनय रहेको सिनेमा एटली कुमारले निर्देशन गरेका छन् ।  

‘जवान’ सेप्टेम्बर ७ देखि प्रदर्शनमा आउँदै छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्