site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिरहामा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । सिरहाको विष्णुपुरकट्टीमा बैठक बसेको हो ।

यसअघि भदौ ९ गते बस्ने तय भएको बैठक मौसमका कारण स्थगित भएको थियो । 

Argakhachi Cement Island Ad

एमालेले इतिहासको स्मरण गर्दै सचिवालय बैठक विष्णुपुरकट्टीमा बसेको हो । ०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन विष्णुपुरकट्टीमा नै भएको थियो । 

एमालेले ३४ वर्षपछि महाधिवेशन गरिएको घरमा नै बैठक बसेको हो ।

त्यस्तै, कम्युनिस्ट पार्टी ७५ वर्ष पुगेको अवसरमा स्मारकको शिलान्यास पनि गर्ने कार्यक्रम पनि छ । 

मालेको चौथो महाधिवेनबाट झलनाथ खनाललाई हटाएर मदन भण्डारी महासचिव चुनिएका थिए । संयुक्त जनआन्दोलनको वैचारिक विजारोपण चौथो महाधिवेशनबाटै भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्