site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य आठ सय बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा करोबार भएको हो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला एक हजार ४८५ रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४६५ रुपैयाँमा करोबार भएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्