site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करीको सूचना संकलन गर्न सीआईबीका एसएसपीलाई हङकङ पठाइँदै

काठमाडौं । सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिएपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एकजना अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाइने भएको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए ।

हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २३:१२
प्रतिक्रिया दिनुहोस्