site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको गुनासो– एमालेले 'मै लाऊँ, मै खाऊँ' जस्तो व्यवहार देखायो, अरूको वास्ता गरेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अन्य प्रतिपक्ष दलहरूलाई मतलब नै नगरी समिति सभापति लिएको गुनासो गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले 'मै लाऊँ, मै खाऊँ' भन्नेजस्तो व्यवहार देखाएको बताए । 

Argakhachi Cement Island Ad

सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडेको उनको आरोप छ । उनले संसद्लाई प्रभावकारी र गतिशील बनाउन नभई संकुचन गराउने प्रयास भएको पनि बताए ।

उनले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्