site stats
बाह्रखरी :: Baahrakhari
कला
गायिका शर्मिला फुयालको तिज गीत ‘राजाले दिएको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका शर्मिला फुयालको ‘राजाले दिएको’ बोलको तिज गीत सार्वजनिक भएको छ । 

हिन्दु नेपाली नारीहरूको महान चाड हरितालिका तिजलाई लक्षित गरी गीत सार्वजनिक गरिएको हो । 

केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा स्मारिका ढकालको साथमा धादिङ थाक्रेकी स्नेहा रुपाखेतीले पहिलो डेब्यू नृत्य गरेकी छन् । भिडियोमा गायिका फुयालको समेत अभिनय रहेको छ ।

पछिल्लो समय गीतलाई दर्शकसामु भाइरल बनाउन भड्किलो तथा दोहोरो अर्थ लाग्ने शव्द चयन गर्ने क्रम बढिरहेका बेला मौलिक शब्दहरूलाई आधुनिक तरिकाले प्रस्तुत गरिएको छ । 

भिडियो

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्