site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निरन्तर तीन दिनदेखि सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर तीन कारोबार दिनदेखि (बिहीबारदेखि आइतबारसम्म) सुन एउटै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा काराबार भइरहेको छ ।

महासंघका अनुसार तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्