site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको सचिवालय बैठक स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । 

शनिबार सिरहाको विष्णुपुरकट्टीमा बस्ने गरी तय भएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

Argakhachi Cement Island Ad

अविरल वर्षाका कारण बैठक स्थगित गरिएको उनले बताए । 

“बैठक स्थगित भएको छ,” उनले भने, “मौसम सफा भएपछि बैठकको मिति तय हुन्छ ।”

एमालेले चौथो महाधिवेशन भएको स्थानमा सचिवालय बैठक आयोजना गरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सिरहामा पछिल्लो केही घण्टा यता अविरल वर्षा भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्